You are viewing the translated version of गोपनीयता सम्बन्धी व्यवस्था.

Section 10
गोपनीयता सम्बन्धी व्यवस्था
(१) यस ऐनको अधीनमा रही जुनसुकै स्रोत वा माध्यमबाट प्राप्त व्यक्तिगत तथ्याड्डको गोपनीयता कायम गर्ने प्रयोजनको लागि. त्यस्तो तथ्याङ्क प्रयोग गर्दा वा गराउँदा कार्यालय, सरकारी निकाय वा संस्थाले देहाय बमोजिम गर्नु, गराउनु पर्नेछ :-
(क) त्यस्तो तथ्याङ्क तथा सोको कम्प्युटर डाटाबेस, बिद्युतीय अभिलेख वा कुनै अंश सामुहिक तथ्याङ्कीय प्रयोजनको लागि मात्र प्रयोग गर्ने, र्‌
(ख) त्यस्तो तथ्याङ्क उपलव्ध गराउने व्यक्ति वा निजद्वारा अधिकारप्राप्त प्रतिनिधिको लिखित स्वीकृति बेगर सम्बन्धित अधिकारप्राप्त अधिकारी बाहेक अरू कसैलाई देखाउने, प्रकाशन गर्ने वा अन्य कुनै निकायमा प्रमाणको रूपमा पेश गर्ने कार्य नगर्ने ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन अन्तर्गत चल्ने मुद्दाको अनुसन्धान वा सुनुवाइको क्रममा अनुसन्धान अधिकारी वा अदालतले माग गरेमा त्यस्तो तथ्याङ्क, कम्प्युटर डाटाबेस वा विद्युतीय अभिलेख उपलब्ध गराउन सो उपदफाले बाधा पुस्याएको मानिने छैन।